फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

याङ्ग चेछ र वै फङ्गहद्वारा अमेरिकी रक्षामन्त्रीसँग भेटवार्ता

(GMT+08:00) 2018-06-28 15:17:43

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोका सदस्य एवम् केन्द्रीय वैदेशिक कार्यसमिति कार्यालयका प्रमुख याङ्ग चेछ र राज्य परिषदका सदस्य एवम् रक्षामन्त्री वै फङ्गहले २७ तारिख पैचिङ्गमा बेग्ला-बेग्लै रुपमा अमेरिकी रक्षामन्त्री जिम म्याट्टिससँग भेट-वार्ता गर्नुभएको छ।

विश्व शान्ति तथा स्थिरताको सुरक्षा गर्न, विश्वको विकास तथा समृद्धिलाई घच्घच्याउनका लागि चीन र अमेरिकाबीच व्यापक साझा हित र महत्वपूर्ण जिम्मेवारी रहेको याङ्गले बताउनुभयो। राष्ट्राध्यक्ष सी चिन फिङ र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको महत्वपूर्ण मतैक्यतालाई व्यवहारमा उतारेर रणनैतिक आदान-प्रदानलाई सबल पार्नुका साथै रणनैतिक असमझदारीहरू हुन नदिइकन अमेरिकाले चीनसँग उचित लिगतिर सम्बन्धको विकास गर्ने आशा लिएको छ।

त्यसैगरी चिनियाँ रक्षामन्त्री वैले चीन शान्तिपूर्ण विकासको बाटोमा हिंड्नुका साथै चिनियाँ सेनाले देशको सार्वभौमिकता, सुरक्षा तथा विकास हितको संरक्षण गरिरहेको बताउनुभयो।

भेटमा अमेरिकी रक्षामन्त्री म्याट्टिसले अमेरिका र चीनबीच महत्वपूर्ण साझा हित र सहयोगात्मक आधार रहेको ठहर गर्नुभयो। अमेरिकाले एक चीनको नीतिलाई समर्थन गरेको छ। साथै चीनसँगको सम्बन्ध र सैन्य सम्बन्धमाथि उच्च महत्व दिंदै महत्वपूर्ण रणनैतिक मामिलाबारे स्पष्ट तथा गहिरो आदान-प्रदान तथा सहयोग विस्तार गर्नुका साथै मतभेदको पनि सामना गर्ने आशा लिएको मन्त्री म्याट्टिसले बताउनुभयो।

जानकारी तथा लेखहरु