फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'चीन र विश्व व्यापार संगठन' विषयक श्वेत-पत्र सार्वजनिक

(GMT+08:00) 2018-06-28 16:27:28

चीनको राज्य परिषद प्रेस कार्यालयले २८ तारिख 'चीन र विश्व व्यापार संगठन' विषयक श्वेत-पत्र सार्वजनिक गरेको छ। चीनले यस विषयमा श्वेत-पत्र सार्वजनिक गरेको यो पहिलो पटक हो।

चीनले विश्व व्यापार संगठनमा दिएको वचनलाई व्यवहारमा उतारेकोबारे चौतर्फी जानकारी दिनुका साथै बहुपक्षीय व्यापार प्रणालीको निर्माणमा सहभागी चीनको सिद्धान्त, अडान, नीति तथा विचारबारे ब्याख्या गर्दै अझ उच्चस्तरिय खुलापन गर्ने चीनको सदिच्छा कार्वाही प्रकाश पार्नको लागि चीन सरकारले सो श्वेत-पत्र सार्वजनिक गरेको हो।

सो श्वेत-पत्रको मुख्य विषय चार भागमा विभाजित गरिएको छः विश्व व्यापार संगठनमा चीनको वचनको कार्यान्वयन, बहुपक्षीय व्यापार प्रणालीको चीनद्वारा दृढतापूर्वक समर्थन, विश्व व्यापार संगठनमा प्रवेशपछि चीनले विश्वमा दिएका महत्वपूर्ण योगदानहरू तथा अझ उच्चस्तरिय खुलापन गर्ने चीन भन्ने रहेका छन्।

विश्वव्यापार संगठनमा चीनको प्रवेशदेखि बेल्ट एण्ड रोडको संयुक्त निर्माणसम्म विश्वको आर्थिक तथा व्यापारिक विकास तथा विश्वका मानवसमुदायको हित-कल्याण बढाउनको लगि चीनले महत्वपूर्ण योगदान गरेको छ र विश्वको अर्थतन्त्र स्थिर पार्ने मुख्य इन्जिन र श्रोत बनेको पनि श्वेत-पत्रमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु