फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले एशिया प्रशान्त क्षेत्रका केही मुलुकको लागि निर्यात भन्सार कर घटाउने

(GMT+08:00) 2018-06-28 18:53:56

चालू वर्षको जुलाई १ तारिखदेखि चीनले भारत, दक्षिण कोरिया लगायत एशिया प्रशान्त क्षेत्रका केही मुलुकका लागि निर्यात भन्सार कर घटाउने भएको छ। तीमध्ये भट्मासको निर्यात भन्सार कर ३ प्रतिशतदेखि शून्यसम्म घटाइने छ। यसबारे चर्चा गर्दै चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ता काउ फङले यस नयाँ कदमबाट 'एशिया प्रशान्त व्यापार सन्धि'का सदस्य मुलुकहरू बीचको व्यापार वृद्धि हुनुका साथै सदस्य मुलुकका व्यवसायहरू तथा जनताहरू पनि लाभान्वित हुने प्रकाश पार्नुभएको छ।

प्रवक्ता काउले जानकारी दिए अनुसार, यस पटकको कर कटौती सन् २०१६मा ६ वटा सदस्य मुलुक बीच सम्पन्न मतैक्यताको आधारमा गरिएको हो। यस पटकको भन्सार कर कटौती सूचीमा रासायनिक तत्व, कृषि उत्पादित वस्तु, चिकित्सा, लुगाफाटा, स्टिल तथा एल्मुनियम उत्पादित वस्तुलाइ समावेश गराइएको छ।

'एशिया प्रशान्त व्यापार सन्धि' संयुक्त राष्ट्र संघको एशिया-प्रशान्त आर्थिक तथा सामाजिक समितिको तत्वावधानमा दक्षिण-दक्षिण सहयोगको प्रवर्द्धनको लागि विकासोन्मुख मुलुकहरूबीच बन्दोबस्त गराइएको सुविधाजनक व्यापार हो। सो सन्धिका सदस्य मुलुकमा चीन, भारत, दक्षिण कोरिया, श्रीलंका, बंगलादेश तथा लाओस रहेका छन र यसमा समेटिने कूल जनसंख्या ३ अरब रहेको छ।

जानकारी तथा लेखहरु