फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वस्थ सकारात्मक धार्मिक सम्बन्ध मानवअधिकर प्रत्याभूतिको लागि हितकरः चीन

(GMT+08:00) 2018-06-28 19:04:30
केही मुलुक वा क्षेत्रमा धर्मका नाममा उग्रवादी प्रवृत्ति देखापरेको र फरक धार्मिक विश्वास भएका नागरिकले मानवअधिकारको प्रभावकारी रूपमा प्रत्याभूति नपाउएको सन्दर्भमा यस समस्याको समाधान गर्न सकारात्मक तथा स्वस्थ धार्मिक सम्बन्ध स्थापना गर्नुपर्छ। चिनियाँ मानव अधिकार अनुसन्धान बोर्डका सदस्य एवम् सिन्च्याङ अर्थ विश्वविद्यालयको कानून विभागका प्रमुख त छ्वानयीङले २७ तारिख जेनेभामा आयोजित संयुक्त राष्ट्र संघीय मानव अधिकार बोर्डको ३८औं सम्मेलनको खुला बहसमा उक्त कुरा भन्नुभएको हो।

बहु किसिमका धर्मको मेलमिलापको लागि सरकार तथा धर्म, समाज तथा धर्म, धर्मावलम्बी र नास्तिकहरू, धर्मावलम्बीहरू बीच, देशमा रहेका विभिन्न धर्मबीच, स्वदेशी र विदेशी धर्मबीचको सम्बन्ध राम्रोसँग अघि बढाउनुपर्छ। उहाँले जानकारी दिए अनुसार, बितेका केही वर्षमा चीनमा नागरिकको धार्मिक विश्वास तथा स्वतन्त्र अधिकारको प्रत्याभूति दिँदै धर्मवालम्बीहरूको सामान्य धार्मिक माँग पूरा गरिरहेको छ। साथै कानून बमोजिम, धार्मिक मामिलाको व्यवस्थापन गर्दै धार्मिक उग्रवादमाथि प्रहार गरेर सकारात्मक तथा स्वस्थ धार्मिक सम्बन्ध स्थापित गरिएको छ।

जानकारी तथा लेखहरु