फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति सैन्य आयोगका उपाध्यक्ष र अमेरिकी रक्षा मन्त्रीबीच भेट

(GMT+08:00) 2018-06-28 19:11:44

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति सैन्य आयोगका उपाध्यक्ष स्यु छिल्याङले २८ तारिख पैचिङमा चीनको भ्रमणमा रहनुभएका अमेरिकी रक्षा मन्त्री जिम म्याट्टिससँग भेटवार्ता गर्नुभएको छ।

भेटमा उपाध्यक्ष स्युले चीन-अमेरिका सम्बन्धलाई राम्रो बनाउने १००० वटा कारण रहेको बताउँदै यस सम्बन्धलाई नराम्रो पार्ने एउटै मात्र कारण नरहेको राष्ट्राध्यक्ष सीले औंल्याएको कुरा सुनाउनुभयो। उहाँले अगाडि भन्नुभएको छः चीन-अमेरिका दौत्य सम्बन्ध स्थापनाको लगभग ४० वर्षको इतिहासबाट हेर्दा सहयोग र मेलमिलाप भएमा दुवै पक्षको लागि हितकर हुन्छ भने संघर्ष गरेमा दुवै पक्षको लागि हानिकारक हुन्छ भन्ने प्रतिविम्वित गरिएको छ। दुवै पक्षले आपसी विश्वासलाई बढाइ पारस्परिक सहयोगलाई गहन पार्ने आशा गरिएको छ। विद्यमान मतभेदको उचित समाधान गरी खतराको नियन्त्रण गरेर सैन्य सम्बन्धको संयुक्त विकास गर्ने इच्छा पनि गरिएको छ। जसबाट सैन्य सम्बन्धलाइ दुइ देश बीचको सम्बन्धलाइ स्थिर पार्ने शक्ति बन्छ र क्षेत्रीय लगायत विश्व शान्ति तथा सुरक्षाको लागि योगदान गर्न सकिन्छ।

भेटमा अमेरिकी रक्षा मन्त्री म्याट्टिसले इतिहासमा अमेरिका-चीन सहयोग मूल प्रवाहमा रहिरहेको र चीनसँगको साझा प्रयासमार्फत रचनात्मक सैन्य सम्बन्धको स्थापना गर्ने विश्वास लिएकोमा पनि जोड दिनुभयो।

यसका अतिरिक्त, दुवै पक्ष बीच एशिया-प्रशान्त परिस्थिति, थाइवान समस्या लगायतका विविध विषयबारे बैचारिक आदानप्रदान गरिएको छ।

जानकारी तथा लेखहरु