फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व व्यापार संगठनमा चीन प्रवेश भएको १७ वर्ष

(GMT+08:00) 2018-06-28 20:18:47

चीनको राज्य परिषद प्रेस कार्यालयले २८ तारिख 'चीन र विश्व व्यापार संगठन' विषयक श्वेत-पत्र सार्वजनिक गरेको छ।

यस श्वेत-पत्रमा विश्व व्यापार संगठनमा प्रवेश भएको १७ वर्षमा चीनले आफ्नो वचन व्यावहारिक रूपमा उतारेको अवस्था, बहुपक्षीय व्यापार प्रणालीको अडिग समर्थन तथा विश्वमा चीनको योगदान एवम् अझ उच्चस्तरिय खुलापन गर्ने सदिच्छा तथा कार्वाहीबारे प्रणालीबद्ध रूपमा जानकारी दिइएको छ। विश्व व्यापार संगठनमा चीनको प्रवेश यता गरिएको योगदान तथा विश्व व्यापार संगठन केन्द्रित बहुपक्षीय व्यापार प्रणालीको अडिग समर्थनबारे जानकारी तथा बुझाइको लागि सो श्वेत-पत्र सहयोगी भएको विश्वास गरिएको छ।

विश्व व्यापार संगठनमा चीनको वचनको कार्यान्वयन?

विश्व व्यापार संगठनमा प्रवेश भएको १७ वर्षमा सामान, सेवा व्यापार तथा बौद्धिक सम्पदा अधिकारको संरक्षण यी ३ वटा वचनको आधारमा चीनले केन्द्रिय तथा स्थानीय सरकारको ऐन-कानून तथा नियमलाई ठूलो परिधिमा मिलाइसकेको छ। तीमध्ये केन्द्रिय सरकारमा २३०० वटा र स्थानीय सरकारमा १ लाख ९० हजार वटा हटाइएको छ। साथै चीनमा नमूनामूलक दस्तावेजको कानूनी छानबिन अवस्था पनि स्थापित भएको छ। यसका अतिरिक्त, आयात भन्सार करको ठूलो कटौती, सेवारत बजारको व्यापक खुलापन तथा बौद्धिक सम्पदा अधिकारको संरक्षणको प्रवर्द्धन पनि गरिएको छ। सन् २०१०को अगष्टमा चीनले विश्व व्यापार संगठनमा प्रवेश गर्दा दिएको सबै वचनको पूर्ण कार्यान्वयन गरिसकेको छ।

सो श्वेत-पत्रमा संकेत दिइएको छ कि चालू वर्षको मार्चसम्म चीनको वास्तविक ट्रेड वेटेड इन्डेक्स (trade weighted index)औसतमा ४.४ प्रतिशत मात्र थियो भने अमेरिकाको २.४ प्रतिशत, यूरोपेली संघको ३ प्रतिशत र अस्ट्रेलियाको ४ प्रतिशत छ।

अन्तर्राष्ट्रिय क्षेत्रमा विश्व व्यापार संगठनमा चीनले दिएको वचनको कार्यन्वयनप्रति शंका उठाइएको छ तापनि विश्व व्यापार संगठनका अधिकांश सदस्यहरूले चीनको कार्यान्वयनको पूर्ण रूपमा स्वीकार गरेका छन्। विश्व व्यापार संगठनका पूर्व महानिर्देशक पास्कल लामीले चीनको लागि ए+ भन्ने उच्च मूल्याङ्कन पनि दिनुभएको छ।

विश्व व्यापार संगठनमा चीनको प्रवेशबाट विश्वको लागि के कस्तो परिवर्तन?

धेरैले चीनको निर्यातमा मात्रै ध्यान दिने गर्छन्। वास्तवमा चीन एउटा ठूलो आयातकर्ता मुलुक पनि हो। विश्व व्यापार संगठनमा प्रवेश भएको १७ वर्षमा चीन प्रथम निर्यातकर्ता मुलुक तथा दोस्रो ठूलो आयातकर्ता मुलुक बनिसकेको छ। विश्वमा दोस्रो ठूलो आर्थिक एकाइ, प्रथम ठूलो व्यापार मुलुक, प्रथम ठूलो विदेशी पूँजी आकर्षित गर्ने मुलुक तथा दोस्रो ठूलो वैदेशिक लगानीकर्ता मुलुकको हैसियतले चीनले खुलापनमार्फत आर्थिक वृद्धि साकार तुल्याएको साथै विश्वको आर्थिक पुनरूत्थान तथा वृद्धिको लागि पनि महत्वपूर्ण योगदान दिएको छ।

सन् २००२यता, विश्वको आर्थिक वृद्धिको लागि चीनले दिएको औसत योगदान दर ३० प्रतिशत पुगिसकेको छ र यो प्रवृत्ति आजसम्म पनि रहिरहेको छ। चीन नै विश्वको आर्थिक विकास क्रममा सकारात्मक उर्जा तथा शक्ति बनिसकेको छ। 'चीनमा उत्पादित'बाट विश्वको सम्पूर्ण मूल्यको लागि मौका तथा योगदान दिने गर्छ भने 'चिनियाँ उपभोग'बाट पनि विश्व उपभोग्य बजारमा सबैभन्दा उत्तेजक कथाहरू सुनाइने गरिन्छ। विश्वका १२० वटा मुलुक तथा क्षेत्रका प्रमुख व्यापारिक साझेदार चीनमा प्रतिवर्ष औसतमा सामान व्यापारमा संलग्न रकमको बृद्धि दर १३.५ प्रतिशत पुग्छ जुन विश्वको औसत स्तर ६.९ प्रतिशतभन्दा बढी छ। सन् २०१७मा विदेशमा घुम्न जाने चिनियाँ पर्यटकहरूको संख्या १३ करोड पुगेको छ र उनीहरूले गरेको उपभोगमा संलग्न रकम १ खरब१५ अरब २९ करोड अमेरिकी डलर भएको छ। ती सबैबाट विभिन्न मुलुकमा मौका, रोजकारी सिर्जना गरिएको छ।

चीनले डब्लुटिओको वचन व्यवहारमा उतार्नेबारे प्रकाश पार्न चाहेको के हो?

डब्लुटिओ केन्द्रित बहुपक्षीय व्यापार प्रणाली अन्तर्राष्ट्रिय व्यापारको आधार हो। जसले विश्व व्यापारको विकास गर्न र खुला विश्व अर्थतन्त्रको निर्माण गर्न मूल प्रभाव पारेको छ। डब्लुटिओमा १ सय ६४सदसय हुनुका साथै जसको कुल व्यापार रकम विश्वमा ९८प्रतिशत पुगेको छ। तर विद्यमान डब्लुटिओ प्रकावकारी छ कि छैन भन्नेमा प्रशंसा र मतभेद छ।

यसै ऐतिहासिककालमा "चीन र विश्व व्यापार संगठन" विषयक श्वेत-पत्रले चीनको तर्फबाट स्पष्ट चिनियाँ जवाफ दिएको छ। चीनले एकपक्षीयता र संरक्षणवादको दृढताका साथ विरोध गर्नुका साथै बहुपक्षीय व्यापार प्रणालीलाई समर्थन गरेको छ। चीन बहुपक्षीय व्यापार प्रणालीको सक्रिय सहभागी, सुदृढ रक्षक र महत्वपूर्ण योगदानकर्ता हो।

चीन अझ खुला हुनुका साथै विश्वले चीनको विकास मौकाबाट फाइदा पाउन सक्नेछ। विभिन्न मुलुकले डब्लुटिओको नियमलाई दृढताका साथ पालना र सुरक्षा गरेर खुला, स्पष्ट, सहिष्णु र गैर-भेदभावयुक्त वहुपक्षीय व्यापार प्रणालीलाई समर्थन दिएमा मात्र विविध अनिश्चितताको सामना गरेर भाग्य समुदायको निर्माण गर्नसक्छन्।

जानकारी तथा लेखहरु