फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'चीन र विश्व व्यापार संगठन' श्वेत-पत्रको सक्रिय प्रतिक्रिया

(GMT+08:00) 2018-06-29 14:28:48

पहिले होस् वा अहिले विश्व व्यापार संगठनको सचिवालयले संगठनको लागि चीनले गरेको सशक्त समर्थनको सराहना गरिरहेको छ। विश्व व्यापार संगठनका प्रवक्ता किथ रोकवेलले २८ तारिख जेनेभामा सिन्ह्वा समाचार समितिसँगको कुराकानीमा चीनबाट प्रकाशित 'चीन र विश्व व्यापार संगठन' श्वेत-पत्रबारे चर्चा गर्दा उक्त कुरा भन्नुभएको हो।

विश्व व्यापार संगठनका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा चीनले सक्रियताका साथ भाग लिइरहेको छ, प्रवक्ता रोकवेलले औंल्याउनुभयो। स्पष्ट भएको कुरा के हो भने चीनको सहभागिताबाट नै 'सुविधाजनक व्यापार सन्धि'को वार्ता तथा 'सूचना प्रविधि सन्धि'को विस्तार सम्बन्धि वार्ताको सफलताको लागि निर्णायक भूमिका खेलिएको छ।

थाहा भए अनुसार, चीनको राज्य परिषद प्रेस कार्यालयले २८ तारिख 'चीन र विश्व व्यापार संगठन' श्वेत-पत्र प्रकाशित गरेको छ र यो नै चीनले यसै विषयबारे सार्वजनिक गरेको पहिलो श्वेत-पत्र हो।

जानकारी तथा लेखहरु