फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आतंकवादको प्रतिरोध सबल पार्न चीनको समर्थन

(GMT+08:00) 2018-06-29 14:29:55

स्थानीय समय अनुसार, जुन २८ तारिख संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको प्रस्तावमा आतंकवाद प्रतिरोधी संस्थाका जिम्मेवार व्यक्तिको उच्चस्तरिय सम्मेलन न्यूयोर्कमा अवस्थित राष्ट्र संघको मुख्यालयमा आयोजित भएको छ। राष्ट्र संघका लागि चिनियाँ आवासीय प्रतिनिधि मा छाउस्युले सम्बोधन गर्दै नयाँ प्रवृत्ति तथा विशेषता बमोजिम अन्तर्राष्ट्रिय समाजले आतंकवादको विरोधमा थप शक्ति राख्ने सवालमा चीनले समर्थन गरेको बताउनुभएको छ।

आतंकवादको प्रतिरोधका लागि शक्ति थप्ने सम्बन्धमा चीनको ४ बुँदे धारणाबारे ब्याख्या गर्दै उहाँले भन्नुभयोः एक, एउटै मापदण्डको पालना गर्दै आ¬तंकवादप्रतिरोधमा सहमति जुटाउनुपर्छ। दुई, मिलिजुली कदम चालेर जरा तथा श्रोतबाट नै आतंकवादलाई हटाउनुपर्छ। तीन, अन्तर्राष्ट्रिय सहयोगको प्रवर्द्धन गर्दै चेतावनी तथा प्रहार पनि सँगसँगै गर्नुपर्छ र चार, सम्बद्ध निर्णय-प्रस्तावको कार्यान्वयन गर्दै विकासोन्मुख मुलुकहरूको सम्बन्धित क्षमतालाई उकास्नुपर्छ।

जानकारी तथा लेखहरु