फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेशसँगको सम्बन्धमा नयाँ शक्ति थप्ने चीनको इच्छा

(GMT+08:00) 2018-06-29 19:00:59
चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ्ग यीले २९ तारिख पैचिङ्गमा बंगलादेशका विदेशमन्त्री अबुल हास्सान महमुद अलिसँग भेट-वार्ता गर्नुभएको छ। सो अवसरमा मन्त्री वाङ्गले चीनले बंगलादेशसँग रणनैतिक आदान-प्रदान, व्यवहारिक सहयोग, सुरक्षा सहयोग, मानव सभ्यताको आदान-प्रदान र अन्तर्राष्ट्रिय समन्वय लगायत पाँच क्षेत्रमा दुई देशबीच रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धमा नयाँ शक्ति थप्ने इच्छा लिएको बताउनुभयो।

राखिने राज्यमा रोहिंग्या शरणार्थीहरूको घरविहिनताको समस्या सक्दो छिटो समाधान गर्नु बंगलादेश र म्यानमारको साझा हितमा रहेको भन्दै उहाँले दुवै देशले सक्रिय रुपमा सल्लाह गरेर छिटो भन्दा छिटो फिर्ती प्रक्रिया सुरु गर्न चीनले समर्थन गर्ने र निरन्तर रुपमा रचनात्मक भूमिका निर्वाह गर्ने पनि मन्त्री वाङ्गले प्रकाश पार्नुभयो।

प्रत्युत्तरमा बंगलादेशले चीनसँगको चौतर्फी सहयोगलाई सबल पारी "बेल्ट एण्ड रोड" निर्माणमा सक्रियताका साथ भाग लिनुका साथै सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउन प्रयास गरेको मन्त्री अलिले बताउनुभयो।

जानकारी तथा लेखहरु