फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सीमा सुरक्षा प्रतिनिधि मण्डलले पाकिस्तान र भारतको भ्रमण गर्ने

(GMT+08:00) 2018-06-29 19:02:14

चिनियाँ सीमा सुरक्षा प्रतिनिधि मण्डलले पाकिस्तान र भारतको भ्रमण गर्ने जानकारी चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता उ छ्यानले २८ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा दिनुभएको छ।

प्रवक्ता उका अनुसार, सीमा सुरक्षा प्रतिनिधि मण्डलले पाकिस्तान र भारतको भ्रमणमा दुई सेनाका नेतागणसँग वार्ता गरेर सैन्य आदान-प्रदान, सीमा क्षेत्रको व्यवस्थापन तथा नियन्त्रण र सीमा सुरक्षा सहयोग लगायत विषयबारे वैचारिक आदान-प्रदान गर्नेछ।

चीनले भारतसँग देशका नेतागणबीच द्वीपक्षीय सम्बन्धको विकाससम्बन्धी मतैक्यतालाई राम्ररी व्यवहारमा उतारेर रणनैतिक विश्वास आर्जन गर्नुका साथै आपसी हितकर सहयोगलाई घच्घच्याएर मतभेदका प्रभावहरू नियन्त्रण गर्ने र सीमा क्षेत्रको स्थिरताको संरक्षण गरी दुई सेनाबीचको सम्बन्धमा राम्रो विकासको प्रत्याभूति दिलाउने इच्छा लिएको छ। चीन र भारतका सैन्य सम्बन्धबारे प्रश्नको उत्तर दिंदै प्रवक्ता उले उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु