फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री लीले जुलाई ५ देखि यूरोपको भ्रमण गर्नुहुने

(GMT+08:00) 2018-06-29 19:03:10

बुल्गेरियाका प्रधानमन्त्री तथा जर्मन चान्सलरको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली खछ्याङले जुलाई ५ देखि १० तारिखसम्म बुल्गेरिया तथा जर्मनीको औपचारिक भ्रमण गर्नुहुने भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री लीले सोफियामा आयोजना हुने सातौं चीन-मध्य पूर्वी यूरोपेली मुलुकका नेतागण सम्मेलनमा सहभागिता हुनुका साथै चीन-जर्मनी सरकार पाँचौं वार्ताको पनि अध्यक्षता गर्नुहुने कार्यक्रम छ। जुन २९ तारिख चीनका उपपरराष्ट्र मन्त्री वाङ छाउले चिनियाँ तथा विदेशी संचारमाध्यमसँगै चालू वर्षको मार्चमा नयाँ सरकार गठन भएपछि यूरोपमा गर्ने महत्वपूर्ण कूटनैतिक कार्यक्रमबारे जानकारी दिनुभएको हो।

बुल्गेरिया, प्रधानमन्त्री ली खछ्याङले गर्नुहुने भ्रमणको पहिलो गन्तव्य हो। उपपरराष्ट्र मन्त्री वाङले जानकारी दिनुभए अनुसार, चीन तथा बुल्गेरियाका प्रधानमन्त्रीहरूले आर्थिक, व्यापारिक, वैज्ञानिक, प्राविधिक, बैकिङ, कृषि लगायतका विविध क्षेत्रमा हुने सरकारी सहयोग सम्बन्धी दस्तावेज तथा व्यापारिक ठेक्का पत्रमा हस्ताक्षर समारोहमा भाग लिनुहुने छ। '१६+१ सहयोग' चीन तथा मध्य-पूर्वी यूरोपेली मुलुकले सँगै स्थापित गरेको क्षेत्र-क्षेत्र पार सहयोग मञ्च हो। यो नै चीन-यूरोप सम्बन्धको एक महत्वपूर्ण भाग मानिन्छ। बुल्गेरियाको भ्रमणताका प्रधानमन्त्री लीले सातौं चीन-मध्य पूर्वी यूरोपेली मुलुकका नेतागण सम्मेलनमा भाग लिनुहुने छ। १७ वटा मुलुकका नेताहरूले सम्मेलनमा आपसी सम्पर्क र जोडको प्रवर्द्धन, आर्थिक तथा व्यापारिक , लगानी, नविकरण लगायतका विविध क्षेत्रमा हुने आदानप्रदान तथा सहयोगबारे गहन रूपमा छलफल गर्नुहुने छ। साथै उहाँहरूले साझा अभिरूची भएका विश्वव्यापी विषयसूचीबारे वैचारिक आदानप्रदान पनि गर्नुहुने छ।

जर्मनी यूरोपेली संघको मुख्य सदस्य मुलुक हो। बितेका २ वर्षमा चीन लगातार रूपमा विश्वव्यापी रूपमा जर्मनीको सबैभन्दा महत्वपूर्ण साझेदार बनिसकेको छ। प्रधानमन्त्री लीले गर्नुहुने जर्मन भ्रमण उहाँले गर्नुहुने चौथो जर्मन भ्रमण हुने छ। भ्रमणताका दुई देशका लगभग २० जना मन्त्री तथा उप मन्त्रीहरूले वार्तामा भाग लिनुहुने छ। साथै एकपक्षीयतावाद तथा व्यापार संरक्षणवाद देखा परेको पृष्ठभूमिमा चीनले जर्मनीसँगै बहु पक्षीयतावादको संयुक्त संरक्षण गर्दै व्यापारिक स्वतन्त्रता तथा लगानीको सुविधाको संयुक्त समर्थन गरेर विश्वको आर्थिक विकासका क्रममा स्थिरताको संकेत दिने आशा चीनले गरेको छ।

जानकारी तथा लेखहरु