फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जुलाई १ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको ९७औं वर्षगाँठ

(GMT+08:00) 2018-06-29 19:12:37
जुलाई १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी स्थापित भएको ९७ औं वार्षिकोत्सव हो। ८ करोड ९० लाख सदस्य भएको यस पार्टीले १ अरब ३० करोड जनसंख्या भएको ठूलो देशको नेतृत्व गर्ने गर्दछ र विश्वमा सबभन्दा ठूलो राजनैतिक दल मानिन्छ। बितेका केही वर्षयता, चिनियाँ कम्युनिष्ट पार्टी तथा विभिन्न विदेशी राजनैतिक दलहरू एवम् राजनैतिक संगठन बीचको आदानप्रदान दिनप्रतिदिन गहिरो बन्दै आएको छ। प्राप्त तथ्याङ्क अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका १६० वटा मुलुक तथा क्षेत्रका लगभग ४०० वटा राजनैतिक दल तथा राजनैतिक संगठनसँग नियमित सम्पर्क राखिरहेको छ र विश्वव्यापी साथीसँग भेटघाट गर्न सक्दछ

चिनियाँ कम्युनिष्ट पार्टीले साथी बनाउने सिद्धान्तबारे ब्याख्या गर्दै पार्टीको केन्द्रिय समिति वैदेशिक सम्पर्क मन्त्रालयका उप-मन्त्री को येचौले भन्नुभएको छः सिद्धान्त तथा विचार बराबर भएका विदेशी पार्टीसँगको सम्पर्कमा महत्व दिनुका साथै विचार फरक भएका राजनैतिक दलसँगको सम्पर्क पनि भइरहेको छ। विभिन्न मुलुकका सत्तारूढ पार्टी, विपक्षी पार्टी तथा विभिन्न राजनैतिक संगठनका साथीहरूका साथै चिनियाँ कम्युनिष्ट पार्टीले ती मुलुकका थिंकट्यांक, संचारमाध्यम, गैर-सरकारी समुदायसँग पनि सम्बन्ध राखिरहेको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीका साथीहरूमा विभिन्न पार्टी, सरकार तथा गैर-सरकार समेटिएका छन्।

भविष्य उन्मुख जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा विश्वका राजनैतिक दलहरूबीच कसरी सहयोग गर्ने भन्ने विषयबारे सी चिनफिङले औंल्याउनुभएको छ किः विभिन्न मुलुकका राजनैतिक दलहरूले आपसी विश्वास, सम्पर्कलाई गहन पार्दै नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनाको आधारमा एक अर्कालाई आदर गर्ने, सिक्ने नयाँ ढाँचाको राजनैतिक सम्बन्ध राख्न प्रयास गर्नुपर्छ। यसै क्रममा बहु तरिकाले बहु स्तरिय अन्तर्राष्ट्रिय राजनैतिक दल आदानप्रदान नेटवर्क खडा गर्दै मानवजातिको भाग्य समुदायको संयुक्त निर्माण गर्ने ठूलो शक्ति एकट्ठा गर्नुपर्छ।

जानकारी तथा लेखहरु