फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेश र म्यान्मारको राज्यसमस्याप्रति चीनका चार सुझाव

(GMT+08:00) 2018-06-29 19:21:05

चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ्ग यीले चीनको भ्रमणमा रहनुभएका बंगलादेशका विदेशमन्त्री अबुल हास्सान महमुद अलि र म्यानमारका विदेशमन्त्री यु क्याउ टिन्ट स्वेसँग राज्य समस्याबारे वैचारिक आदान-प्रदान गरेर चार सिद्धान्तमा सहमति हासिल गर्नुभएको छ।

२९ तारिख आयोजित नियमित पत्रकार सम्मेलमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले जनाएअनुसार, पहिलो, "हिंसा रोक्ने, फिर्ती र विकास गर्ने" तीन चरणको योजनाबमोजिम राखिने राज्यको परिस्थितिको सुधार गर्नुपर्छ। दोस्रो, विद्यमान सबैभन्दा प्रथम कार्य बंगलादेशमा रहेका सर्वसाधारणको फिर्ती हो। छिटोभन्दा छिटो कदम चालेर पहिला फिर्ती कार्य सुरु गर्नुपर्छ। तेस्रो, चीनले बंगलादेश र म्यानमारको इच्छाबमोजिम सर्वसाधारणको जीवन तथा बन्दोबस्तीका लागि सहयोग दिने इच्छा लिएको छ। चौथो, म्यानमार र बंगलादेशबीच सिमा क्षेत्रमा सहयोग गरेर स्थानीय सर्वसाधारणको जीवनस्तर सुधार गर्नुपर्छ।

जानकारी तथा लेखहरु