फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको गरिबी निवारणको उपलब्धिसम्बन्धी "सुन्दर जीवनको खोजी"विषयक प्रदर्शनी राष्ट्रसंघको मुख्यालयमा

(GMT+08:00) 2018-06-30 16:58:48

चीनको गरिबी निवारणको उपलब्धिसम्बन्धी "सुन्दर जीवनको खोजी"शीर्षकको प्रदर्शनीको उदघाटन समारोह स्थानीय समय जुन 28 तारिख न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना भएको छ। चीनले बहुपक्षीय मञ्चमा गरिबी निवारणसम्बन्धी प्रदर्शनीको आयोजना गरेको यो पहिलो पटक हो।

यस पटकको प्रदर्शनीले चालीस वटा फोटो, दश भागको छोटो भिडियो, लेखन सामग्रीमार्फत चीनको सटीक लक्ष्यसहित गरिबी निवारणको कथाबारे जानकारी गराएको छ भने विश्वसमक्ष गरिबी निवारणसम्बन्धी सी चिन फिङको विचारधाराको व्याख्या, चीनको गरिबी निवारणको उपलब्धि र विश्व गरिबी न्यूनिकरणका लागि चीनको प्रस्तावबारे जानकारी दिएको छ।

संयुक्त राष्ट्र संघका उप महासचिव अमिना मोहाम्मेदले विगत वर्षहरूमा चीनको गरिबी न्यूनीकरणले ठूलो उपलब्धि हासिल गरेको बताउँदै करीब असी करोड जनता अन्तर्राष्ट्रिय गरिबी मापदण्डबमोजिम गरिबीबाट मुक्त भएका र चीनले विश्वको गरिबी न्यूनिकरणका लागि योगदान दिएको कुरा बताउनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार-प्रसार विभागका उप मन्त्री सुन च च्युनले गरिबी निवारण र नागरिक जीवनको प्रत्याभूति चीन सरकारको लक्ष्य र जनताका लागि दिएको प्रतिवद्धता भएको कुरा बताउनुभयो।

संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय प्रतिनिधि मा चाउ स्यूले चीनले अन्तर्राष्ट्रिय गरिबी निवारण कार्यका लागि निरन्तर योगदान दिने आशा लिएको कुरा बताउनुभयो।

1  2  3  
जानकारी तथा लेखहरु