फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठौं ब्रिक्स मुलुकहरूको सुरक्षा मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिहरूको सम्मेलनमा डर्बानमा

(GMT+08:00) 2018-06-30 17:00:37

चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक व्यूरोका सदस्य एवम् केन्द्रीय कूटनीतिक मामिला कार्यसमिति, कार्यालयका प्रमुख याङ चे छले स्थानीय समय जुन 28 तारिख दक्षिण अफ्रिकाको डर्बानमा आयोजित आठौं ब्रिक्स मुलुकहरूको सुरक्षा मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिहरूको सम्मेलनमा भाग लिनुभएको छ। यो सम्मेलनमा चालू वर्षको जुलाई महिनामा ब्रिक्स मुलुकहरूका नेताहरूको जोहानसवर्ग शिखर सम्मेलनका लागि राजनीतिक तयारी, अन्तर्राष्ट्रिय परिस्थिति, क्षेत्रीय जल्दाबल्दा समस्या र शान्ति संरक्षण, आतंकवादको प्रतिरोध, साइबर सुरक्षाआदि क्षेत्रहरुमा ब्रिक्स मुलुकहरुको सहयोगबारे वैचारिक आदान-प्रदान गरिएको छ।

याङले गत वर्ष ब्रिक्स मुलुकको स्यामन शिखर सम्मेलनले ब्रिक्स सहयोगको दोस्रो "सुनौलो दश वर्ष" शुरु गरेको स्मरण गर्दै नेताहरूबीच प्राप्त सहमतिलाई व्यवहारमा उतार्ने, बहुपक्षीयतावादको समर्थन गर्ने, संयुक्त राष्ट्र संघको बडा-पत्रको सिद्धान्ततः संरक्षण गर्ने, नवोदित बजार मुलुकहरू र विकासोन्मुख मुलुकहरूको साझा हितको संरक्षण गर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु