फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र दक्षिण कोरियाले बहुपक्षीयता र स्वतन्त्र व्यापार प्रणालीको सुरक्षा गर्नुपर्ने चिनियाँ प्रधानमन्त्री लीको भनाइ

(GMT+08:00) 2018-06-30 17:04:42

चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले २९ तारिख पैचिङ्गमा चीन-दक्षिण कोरियाका व्यवसायी तथा पूर्व पदाधिकारीको वार्तामा सहभागी दक्षिण कोरियाली प्रतिनिधिहरुसँग भेटघाट गर्नुभएको छ।

प्रधानमन्त्री लीका अनुसार, संरक्षणवाद, एकपक्षीयता र विश्वव्यापीकरण विरोधी विचार बढेको पृष्ठभूमिमा क्षेत्र तथा विश्वमा मुख्य आर्थिक समुदायको हैसियतमा चीन र दक्षिण कोरियाले बहुपक्षीयता र स्वतन्त्र व्यापार प्रणालीको सुरक्षा गर्नुका साथै व्यापार र लगानीमा स्वतन्त्रता र सुविधालाई घच्घच्याउनसपर्छ। दुइ पक्षले चीन, जापान तथा दक्षिण कोरियाका नेतागण बैठकमा प्राप्त मतैक्यता बमोजिम स्वतन्त्र व्यापार क्षेत्रको सम्झौता-वार्तालाई स्थिरताका साथ अगाडि बढाएर दुइ मुलुक तथा क्षेत्रलगायत विश्वको आर्थिक वृद्धिलाई विश्वासिलो र शक्तियुक्त बनाउने आशा लीले गर्नुभएको छ।

दक्षिण कोरियाली व्यवसायले चीनको विकास रणनीतिमाथि नजर पुर्‍याउनुका साथै चीनका लागि लगानी तथा सहयोग निरन्तर विस्तार गर्ने इच्छा लिएको दक्षिण कोरियाली प्रतिनिधिहरुले व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु