फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पार्टीको राजनीतिक निर्माणलाई मूल बनाएर नयाँ सफलतातर्फ लम्किने प्रत्याभूति उपलब्ध गराउनुपर्ने कुरामा राष्ट्राध्यक्ष सीको जोड

(GMT+08:00) 2018-06-30 17:06:36

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको राजनीतिक व्यूरोले जुन 29 तारिख दिउँसो पार्टीको राजनीतिक निर्माणको प्रवर्द्धनबारे छैठौं सामूहिक अध्ययनको आयोजना गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले उक्त सामूहिक अध्ययनको अध्यक्षता गर्दै मार्क्सवादको राजनीतिक पार्टी उच्च राजनैतिक सपना, उच्च राजनैतिक अनुकरण, स्वच्छ राजनीतिक गुणस्तर, गम्भीर राजनैतिक अनुशासन रहेको कुरामा जोड दिनुभएको छ।

राजनीति क्षेत्रमा मार्क्सवादको राजनीतिक पार्टीको प्रगति गुमाउने हो भने पार्टीको प्रगति र स्वच्छता नहुने कुरा पनि सीले बताउनुभयो।

पार्टीको राजनीतिक निर्माण एक दीर्घकालीन विषय हो भन्दै राष्ट्राध्यक्ष सीले राजनीतिक दिशा सही बनाउनुपर्ने, पार्टीमा राजनीतिक नेतृत्वलाई कायम राख्नुपर्ने, राजनीतिक जग बसाल्नुपर्ने, राजनीतिक पर्यावरणलाई यथेष्ट पार्नुपर्ने, राजनीतिक जोखिमको प्रतिरोध गर्नुपर्ने, राजनीतिक क्षमतालाई माथि उकास्नुपर्ने, पार्टीको विकास तथा सफलताबाट नयाँ सफलतातर्फ लम्कनका लागि महत्वपूर्ण प्रत्याभूति गर्नुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु