फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उपराष्ट्राध्यक्ष वाङ र बंगलादेशका विदेशमन्त्री अलिबीच पैचिङमा भेटवार्ता

(GMT+08:00) 2018-06-30 17:07:48

चीनका उपराष्ट्राध्यक्ष वाङ्ग छि शानले २९ तारिख चीनको भ्रमणमा रहनुभएका बंगलादेशका विदेशमन्त्री अबुल हास्सान महमुद अलिसँग भेट-वार्ता गर्नुभएको छ।

चीन र बंगलादेश परम्परागत मैत्रिपूर्ण छिमेकी भएर आपसी विकास इच्छा र सपना मिलेका मुलुक भएको वाङ्गले बताउनुभयो। राष्ट्राध्यक्ष सी चिन फिङ र बंगलादेशका नेतागणले दुई देशको सम्बन्धलाई रणनैतिक सहयोग साझेदारी सम्बन्धमा पुर्‍याएर आपसी बुझाइ र विश्वासलाई गहन पार्न, साझा विकास गर्न र आपसी हितकर तथा विजयी हुनका लागि नयाँ मौका दिएको वाङको भनाइ थियो। विश्व शान्ति तथा विकास, अर्थतन्त्रको विश्वव्यापीकरण र मानव भाग्य समुदायको निर्माण नै वर्तमानको मूल प्रवृत्ति हो, उहाँले भन्नुभयो, बंगलादेशको विकासमा ठूलो उपलब्धिमा खुशी भएको चीनले "बेल्ट एण्ड रोड"को प्रयोग गरी नेतागणबीचको मतैक्यतालाई व्यवहारमा उतार्ने इच्छा लिएको छ।

प्रत्युत्तरमा बंगलादेशी मन्त्री अलिले दुई देशबीचको सहयोगलाई सुदृढ र सबल पार्नुका साथै "बेल्ट एण्ड रोड" प्रारुपमा द्वीपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने इच्छा प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु