फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ मातृभूमिमा समाहित भएको 21औं वर्षगाँठ,"एक देश दुई व्यवस्था"ले स्थिर विकासको कार्यान्वयनः चाङ चेन चुङ

(GMT+08:00) 2018-07-01 16:22:22

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको प्रशासन विभागका महासचिव चाङ चेन चुङले जुलाई एक तारिख बोल्दै आज हङकङ मातृभूमिमा समाहित भएको र हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको स्थापना भएको 21औं वार्षिकोत्सव हो भन्दै विगत 21 वर्षमा मातृभूमिको समर्थन र हङकङवासीहरूको प्रयासमा निर्भर भएर हङकङ विशेष प्रशासनिक क्षेत्रले धेरै बाधा फड्किएको, असामान्य बाटो हिँडेको, "एक देश दुई व्यवस्था"लाई सफलताका साथ व्यवहारमा उतारेको, अर्थतन्त्र, वासिन्दाको जीवनलगायतका धेरै क्षेत्रहरुमा राम्रो र स्थिर विकास प्राप्त गरेको कुरा बताउनुभएको छ।

चाङ चेन चुङले सोही दिन ब्लग प्रकाशित गर्दै नयाँ कार्यावधिको विशेष प्रशासनिक क्षेत्र सरकारले पद सम्हालेको एक वर्ष भइसकेको बताउँदै विगत एक वर्षमा प्रशासनिक क्षेत्र सरकारले सक्दो प्रयास गरेको तर धेरै चुनौती र कठिनाइ देखापरेको र प्रशासनिक क्षेत्र सरकारले हङकङका नागरिकका लागि सेवा उपलब्ध गराउन सक्दो प्रयास गर्नुका साथै हङकङको विकास गर्न अगाडि बढ्दै जाने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु