फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरियाको दक्षिणी भागका धेरै विपक्षी समूहहरूद्वारा सरकारसँग मेलमिलापका लागि राजी

(GMT+08:00) 2018-07-01 16:23:39

सिरियाली सेना र सिरियाली समाचार एजेन्सीले जुन 30 तारिख जनाएअनुसार, हाल सिरियाको दक्षिणी भागस्थित डरा प्रान्तका धेरै क्षेत्रका विपक्षी समूहहरू सरकारसँगको मेलमिलापका लागि राजी भएका छन्।

सिरियाली सेनाका एकजना व्यक्तिकाअनुसार, डरा प्रान्तमा सरकारी सेनाको सैन्य कारवाही तीव्र भएको, डरा प्रान्तको सदरमुकाम डरा शहरदेखि उत्तरका धेरै बस्तीहरूका विपक्षी समूहहरू सरकारसँग मेलमिलापका लागि राजी भएका छन्।

सिरियाली समाचार एजेन्सीले सार्वजनिक गरेको सूचनाअनुसार, सिरिया र जोर्डनको सीमा क्षेत्रमा पर्ने श्येदा, नासीब आदि बस्तीहरू पनि सरकारी सेनाद्वारा हातमा लिई व्यवस्थापन गरिएका छन्।

जानकारी तथा लेखहरु