फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जुलाई एक तारिखदेखि चीनमा आयात करमा कटौती

(GMT+08:00) 2018-07-01 16:52:43

जुलाई एक तारिखदेखि चीनले गाडी, दैनिक उपभोग्य सामानको आयात करमा कटौती गरेको छ। विद्वानहरूका अनुसार भन्सार कर घटाउँदा सर्वसाधारणलाई अझ बढी फाइदा पुर्‍याउनुका साथै व्यवसायको ढाँचा सुधार गर्न र स्तरोन्नति गर्न सहयोग पुग्नेछ। साथै विश्वव्यापी बजारले पनि यो निर्णयबाट फाइदा उठाउन सक्नेछ।

प्राप्त जानकारीअनुसार, पहिला २५ र २०प्रतिशत भन्सार कर असुल्ने कूल गाडीको कर १५ प्रतिशतसम्म घट्नुका साथै मोटर पार्ट्सको कर ६ प्रतिशतसम्म घटेको छ।

अर्कातिर पोशाक, स्टोर, संस्कृति तथा खेल सामाग्रीलगायत सामानको सरदर भन्सार कर १५.९प्रतिशतबाट ७.१ प्रतिशतसम्म घट्नुका साथै घरेलू उपकरणको सरदर कर २०.५ प्रतिशतबाट ८ प्रतिशतसम्म घटेर खानपानको सरदर कर १५.२ प्रतिशतबाट ६.९ प्रतिशतसम्म र औषधि तथा स्वास्थ्यसम्बन्धी सामानको सरदर कर ८.४ प्रतिशतबाट २.९ प्रतिशतसम्म घटेको छ।

जानकारी तथा लेखहरु