अमेरिकाले आर्थिक नाकाबन्दीमार्फत इरानलाई अलग्याउने दुष्प्रयास गर्नु अनावश्यक र निरर्थक प्रयास भएको इरानका सर्वोच्च नेता अलि खमेनीले जुन ३० तारिख बताउनुभएको छ।
इरानी राष्ट्रिय टेलिभिजनले जनाएअनुसार, सोहि दिन तेहरानमा कार्यक्रममा सहभागी हुँदा खमेनीले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, अमेरिकाले आर्थिक नाकाबन्दीको उपायद्वारा समस्या खडा गरेर इरानलाई पृथक पार्न खोजेको छ। यो निकै मूर्ख्याइँपूर्ण गतिविधि हो।
इरानी जनताले एकतावद्ध भएर अमेरिका र उसका क्षेत्रीय साझेदारबाट गरिएको घेराबन्दीको सामना गर्ने कुरा पनि खमेनीले व्यक्त गर्नुभयो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनाको ८ तारिख अमेरिका इरानको आणविक सन्धिबाट अलगिएर इरानमाथि फेरि नाकाबन्दी गर्ने घोषणा गर्नुभएको थियो।