फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापार रोकेर रोजगारी बढाउन नसकिने विश्व व्यापार संगठनको भनाइ

(GMT+08:00) 2018-07-02 17:11:36
विश्व व्यापार संगठनका प्रवक्ता कैथ रोकवेलले हिजोआज अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध चर्कंदै आएको कुरा वास्तवमा सन् २००८ मा विश्वमा आएको आर्थिक मन्दीबाट आएको असरको निरन्तरता रहेको बताउनुभयो। उहाँका अनुसार, व्यापारलाई रोकेर आफ्नो देशको रोजगारी बढाउन सकिँदैन,बरु अर्थतन्त्रका अरु क्षेत्रमा गम्भिर स्थिति आउन सक्छ। विश्व व्यापार संगठनको प्रारुपमा वाद-विवादको समाधान गर्ने व्यवस्था हिजोआज चर्कंदै आएको अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धलाई खुकुलो पार्ने एउटा महत्वपूर्ण तरिका हो।

हिजोआज अमेरिकाले चीन तथा युरोपेली संघ लगायत विश्वका ठूला आर्थिक समूदायसँग व्यापारिक विवाद बढाउँदै आएको छ। रोकवेलले वर्तमान अन्तर्राष्ट्रिय व्यापारिक स्थितिबारे "तनावपूर्ण तथा दबाब" भन्ने पदावलीमा बयान गर्नुभयो। "तनावपूर्ण तथा दबाब" अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धको विद्यमान सन् २००८को विश्व आर्थिक संकटदेखि रहँदै आएको उहाँले स्वीकार्नुभयो।

उहाँका अनुसार, अमेरिकाले पालना गरेको कदम वास्तवमा एकपक्षीय कदम हो,जुन विश्व व्यापार संगठनको नियम विपरीत रहेको छ।

जानकारी तथा लेखहरु