फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जन काँग्रेस स्थायी समितिको चौथो सम्मेलन जुलाई ९ देखि १० सम्म

(GMT+08:00) 2018-07-02 17:12:04
तेह्रौं राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्षको आठौँ बैठक आज जुलाई २ तारिख पैचिङस्थित जन बृहत सभा भवनमा आयोजित भएको छ। यो सम्मेलनले तेह्रौं राष्ट्रिय जन काँग्रेस स्थायी समितिको चौथो सम्मेलन आगामी जुलाई ९ देखि १० तारिखसम्म पैचिङमा आयोजना हुने निर्धारण गरेको छ। तेह्रौं राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली चान सुले सो बैठकको अध्यक्षता गर्नुभयो।

सो बैठकमा तेह्रौं राष्ट्रिय जन काँग्रेस स्थायी समितिका सचिव याङ चन वुले स्थायी समितिको चौथो सम्मेलनमा हुने कार्यसूचि तथा मसौदा-पत्र प्रस्तुत गर्नुभयो। राष्ट्रिय जन काँग्रेस अन्तर्गत वातावरण तथा स्रोत साधनको संरक्षण समितिका प्रमुख काउ हु छङले वायु प्रदुषणको प्रतिरोध सम्बन्धी ऐनको सम्बन्धित अवस्था तथा चौतर्फी रुपमा पर्यावरणीय संरक्षणलाई सबल पार्ने निर्णय-प्रस्तावको मसौदा-पत्र प्रस्तुत गर्नुभयो।

जानकारी तथा लेखहरु