फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एसियाली पूर्वाधार लगानी बैंकद्वारा "बेल्ट एण्ड रोड"प्रस्तावका लागि ५ अर्ब ३० करोड अमेरिकी डलरको लगानी अनुमोदन

(GMT+08:00) 2018-07-02 17:12:30
एसियाली पूर्वाधार लगानी बैंकका गर्भनर चिन ली छ्युनले आज जुलाई २ तारिख पैचिङमा एसियाली पूर्वाधार लगानी बैंकले "बेल्ट एण्ड रोड"प्रस्तावको सक्रियताका साथ समर्थन गरी संचालनमा भएको साढे दुई वर्षदेखि "बेल्ट एण्ड रोड"का परियोजनाका लागि ५ अर्ब ३० करोड अमेरिकी डलर भन्दा बढी सम्बन्धित लगानीको रकम अनुमोदन गरेको जानकारी दिनुभएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालय तथा चिनियाँ ऐन समाजले संयुक्त रुपमा आयोजना गरेको "बेल्ट एण्ड रोड"को कानूनी सहयोग सम्बन्धी अन्तर्राष्ट्रिय मञ्चलाई सम्बोधन गर्दै चिन ली छ्युनले उक्त कुरा बताउनुभएको हो।

आफ्नो सम्बोधनमा चिन ली छ्युनले भन्नुभयो,चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा प्रस्तावित "बेल्ट एण्ड रोड"प्रस्ताव एउटा परिकल्पनाबाट विकास भएर वास्तविक अन्तर्राष्ट्रिय सहयोग बनेको छ। "बेल्ट एण्ड रोड"मा ध्यानाकर्षित उपलब्धि हासिल भएको छ। यस पटकको मञ्च "बेल्ट एण्ड रोड"बारे विभिन्न पक्षका लागि अरु सर्वतोमुखी तथा उचित जानकारी पाउन सहायक हुनेछ।

जानकारी तथा लेखहरु