फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा "इन्टरनेट प्लस कृषि"को प्रबर्द्धन

(GMT+08:00) 2018-07-02 17:13:01
"इन्टरनेट प्लस कृषि" भनेको ग्रामीण क्षेत्रको पहिलो दोस्रो र तेस्रो व्यवसायको मिलिजुली विकास अघि बढाउने मुख्य साधन र चौतारो हो। यो किसानहरूको आम्दानीलाई बढाउनका लागि नयाँ कदम र नयाँ बाटो पनि हो। आगामी दिनमा चीनले आधुनिक कृषि र पहिलो दोस्रो तथा तेस्रो व्यवसायको मिलिजुली विकासको मिलिजुली विकास बमोजिम बाली लगाउने र पशुपालन व्यवसाय, उत्पादन व्यवसाय, मनोरञ्जनात्मक पर्यटन र बिद्युतीय वाणिज्य आदि व्यवसायको ठूलो विकास गर्नुका साथै ग्रामीण क्षेत्रको व्यावसायिक प्रणालीको स्थापना र सम्बद्ध व्यवसायको समृद्धिलाई प्रबर्द्धन गर्ने छ।

केही वर्षयता चीनद्बारा प्रस्तुत गरिएको "इन्टरनेट प्लस कृषि" प्रस्तावमा विकास हुने सकारात्मक प्रवृत्ति देखा परेको देखिन्छ। कृषि र ग्रामीण क्षेत्रको विद्युतीय वाणिज्य तीव्र गतिले विकसित हुनुका साथै उदीयमान व्यवसायहरू क्रमश: समृद्ध हुँदै आएको कुरा पनि चीनको कृषि र ग्रामीण क्षेत्र मन्त्रालयका उपमन्त्री छ्यु तुङ युले जुलाई दुई तारिख पैचिङमा बताउनुभएको छ।

जानकारी तथा लेखहरु