फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा हरित विकास मूल्य व्यवस्था र नीतिगत प्रणाली

(GMT+08:00) 2018-07-02 17:59:47
चीनको राष्ट्रिय विकास र सुधार समितिले आज जुलाई दुई तारिख "हरित विकास मूल्य व्यवस्थालाई सिर्जनशील र पूर्णता दिलाउने राय-सुझाव"लाई सार्वजनिक गर्दै चीनले प्रदूषित पानी र फोहरमैलाको बन्दोबस्त मिलाउने, पानी र उर्जा-स्रोतको किफायत गर्ने आदि क्षेत्रको मूल्य सुधारको दिशालाई पनि निश्चित पारेको छ। प्राप्त जानकारी अनुसार चीनले मोटामोटी रुपमा सन् 2020 सम्म हरित विकास मूल्य व्यवस्था र नीतिगत प्रणाली स्थापना गर्ने छ।

चीनको राष्ट्रिय विकास र सुधार समिति अन्तर्गत मूल्य विभागका प्रमुख युए स्यौ हुले जुलाई दुई तारिख आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार, चीनले मोटामोटी रुपमा सन् 2020 सम्म हरित विकास मूल्य व्यवस्था र नीतिगत प्रणाली स्थापना गर्ने छ भने सन् 2025 सम्म अपेक्षाकृत पूर्ण हरित विकास मूल्य व्यवस्था स्थापना गर्नेछ।

जानकारी तथा लेखहरु