फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा कोरियाली प्रायद्बीपका दुवै पक्ष बीच सम्बन्ध सुधारमा समर्थन

(GMT+08:00) 2018-07-02 18:27:30
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज जुलाई दुई तारिख आयोजित पत्रकार सम्मेलनमा चीनले निरन्तर रुपमा कोरियाली प्रायद्बीपका उत्तर दक्षिण दुवै पक्ष बीच सम्बन्धको सुधारका लागि सक्दो र ठूलो समर्थन दिँदै जाने कुरा बताउनुभएको छ। अन्तर्राष्ट्रिय समुदायले त्यसका लागि प्रेरणा दिनसक्ने आशा पनि चीनले गरेको कुरा उहाँले औँल्याउनुभएको छ।

प्राप्त जानकारी अनुसार, हाल कोरियाली प्रायद्बीपका उत्तर र दक्षिण दुवै पक्ष बीच एकले अर्कासँग सकारात्मक सम्पर्क राखिरहेका छन्। दुवै पक्षले तनावपूर्ण सैनिक सम्बन्धलाई खुकुलो पार्ने जनरल स्तरीय वार्ता गर्नुका साथै आगमी अगष्ट महिनामा उत्तर कोरियाको मोन्ट केम्गाङमा अलग भएका परिवारका भेटघाट कार्यक्रम आयोजना गर्ने सहमति गरेका छन्।

जानकारी तथा लेखहरु