फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरा प्रदेश-४ को सर्वसम्मत स्थायी राजधानी

(GMT+08:00) 2018-07-03 18:39:55

नेपालको ४ नम्बर प्रदेशको स्थायी राजधानी पोखरालाई बनाउने कुराको अन्तिम टुङ्गो लागेको छ। प्रदेशसभाको सोमबार बसेको बैठकले पोखरालाई स्थायी राजधानी बनाउने निर्णय गरेको नेपाल खबर अनलाइनले लेखेको छ।

प्रदेशसभाको बैठकको पूर्ण मतले पोखरालाई स्थायी राजधानी बनाउने निर्णय भएको नामाङ्कन तथा सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले जनाउनुभयो। स्थायी राजधानी बनाउनको लागि दुई तिहाई मतको आवश्यकता पर्ने भएपनि बैठकमा उपस्थित सत्ता तथा प्रतिपक्षतर्फका सबै सभासदहरुले पोखरालाई स्थायी राजधानी बनाउने पक्षमा मत जाहेर गरेका हुन्। बैठकमा ५२ जना सभासद उपस्थित थिए।

स्थायी राजधानीमा एकमत देखिए पनि प्रदेशको नाममा भने अझै बिवाद कायम रहेको छ। थापा संयोजक रहेको समितिले पहिलो प्राथमिकतामा गण्डकी, दोश्रोमा तमुवान–मगराँत, तेश्रोमा गोरखा र चौथोमा धवलागिरी नामको प्रस्ताब गरेको छ।

प्रदेशको राजधानी भने पोखरामात्र सिफारिस गरिएको छ। केही जातीय संघ संस्थाहरुले प्रदेश-४ लाई तमुबान-मगरात राख्न विभिन्न दबाबमूलक कार्यक्रम संचालन गर्दै आएको तथा जिल्लागत रुपमा प्राप्त सुझावहरुलाई समेटेर समितिले विकल्पसहितको नाम संसदमा पेश गरेको संयोजक थापाले बताउनुभयो।

जानकारी तथा लेखहरु