फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाघ संरक्षणका लागि चासो

(GMT+08:00) 2018-07-03 18:43:47

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख मनोजकुमार शाहले एशियाका १३ देशमा छ प्रजातिका बाघ पाइएकामा तीन प्रजातिका बाघ लोप भइसकेको बताउनुभयो। आहाराको अभावले बाघको संरक्षणमा कठिनाइ भएकाले पाँच वर्षीय बाघ संरक्षण योजना बनाइएको र सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य निकुञ्जको रहेको उहाँले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका श्यामकुमार थापाले बाघ संरक्षणका लागि सबै संस्था जुटेको र यसको संरक्षण गर्दा अन्य वन्यजन्तुको पनि संरक्षण हुने भएकाले सुखा स्थानमा वृक्षरोपणका साथै ८३ वटा पोखरी निर्माण गरी पानीको व्यवस्थापन गरिएको बताउनुभयो।

निकुञ्ज आसपासका जनताका समस्या समाधान नगर्दा जनता मारका परेका र वन्यजन्तुले क्षति गरेको अन्नबालीको पूर्ति गरिनुपर्ने पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धिताललगायतले माग गर्नुभयो।

जानकारी तथा लेखहरु