फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चिनियाँ ऊसु कार्यक्रम

(GMT+08:00) 2018-07-03 18:54:36

आज जुलाई ३ तारिख मंगलबार काठमाडौँमा चिनियाँ कुङ्फु कार्यक्रमको आयोजना गरिएको छ। सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल र चीनबीचको खेलकूद सहयोगको बारेमा चर्चा गर्नुभयो। उहाँले चीनबाट नेपालले सन् १९६० मा पहिलोपटक अनुभव लिएको बताउँदै सो समयमा नेपालबाट दुईजना टेबुलटेनिस खेलाडीले पहिलोपटक चीनको मैत्रीपूर्ण भ्रमण गरेको उल्लेख गर्नुभयो। नेपालको खेलकूद पूर्वाधारमा चीनले गर्दै आएको सहयोग प्रति नेपाल सधैँ आभारी रहेको पनि उहाँले बताउनुभयो। नेपालले सन् १९९९ मा चीनकै सहयोगमा ८ औँ एसियाली खेलकूद आयोजना गर्न सफल भएको औँल्याउँदै चीनले सन् २००८ मा ओलम्पिख खेलकूद आयोजना गर्दा अशल छिमेकीका नाताले नेपाल अत्यन्त हर्षित भएको बताउनुभयो। सो ओलम्पिक खेल आयोजना हुन १०० दिन बाँकी छँदा नेपाल ओलम्पिक कमिटीले बसन्तपुरमा र्‍यालीको आयोजना गरेको श्रेष्ठले स्मरण गर्नुभयो।

दक्षिण एसियाली मुलुकमध्ये चीनले नेपालमा उसु खेल सुरु गरेको छ। अहिले धेरै नेपालीहरु उसु खेललाई मन पराउने बताउँदै उहाँले थुप्रै युवा नेपाली विद्यार्थीहरु चीनमा अध्ययन गर्न गइरहेको बताउनुभयो।

यसपटकको उसुको प्रदर्शन र आदानप्रदान चीनका नामी उसु खेलाडी ब्रुसलीलाई नेपालीहरुले पनि मन पराउने नेपालका लागि चिनियाँ राजदूत यु होङले बताउनुभयो। यस्तो कार्यक्रमले दुई देशबीचको सांस्कृतिक तथा खेलकूद आदानप्रदानमा सहयोग पुग्ने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु