फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व व्यापार संगठनबाट बाहिरिने चर्चा गर्ने बेला नभएको अमेरिकी वाणिज्य मन्त्रीको भनाइ

(GMT+08:00) 2018-07-03 19:16:36
अमेरिकी वाणिज्य मन्त्री विलपुर रोसले हिजो जुलाई २ तारिख विश्व व्यापार संगठनमा सुधार गर्नुपर्ने आवश्यकता रहेको ठहर अमेरिकाले गरेतापनि अहिले अमेरिका विश्व व्यापार संगठन छोड्नेबारे चर्चा गर्नु चाँडै रहेको बताउनुभयो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सातामा विश्व व्यापार संगठन अमेरिकाका लागि "अन्यायोचित"रहेतापनि आफूले अमेरिकालाई विश्व व्यापार संगठन छोड्ने माग नगरेको बताउनु भएको थियो।

अमेरिकी व्यापारिक विशेषज्ञले अमेरिकाले विश्व व्यापार संगठनलाई त्यागेर एकपक्षीयतावादतर्फ गएमा जसले बहुपक्षीय व्यापारिक प्रणालीका प्रभावकारिता तथा इज्जतमा गम्भिरताका साथ हानि पुर्‍याउनुका साथै अमेरिका तथा त्यसका व्यापारिक साझेदारहरु बीच हुनसक्ने व्यापारिक लडाईको खतरा बढाउने भन्दै चेतावनी दिएका छन्।

जानकारी तथा लेखहरु