फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१४० मुलुकको तर्फबाट चीनद्वारा मानव अधिकारको संरक्षण सम्बन्धी संयुक्त वक्तव्य जारी

(GMT+08:00) 2018-07-03 19:18:39
संयुक्त राष्ट्र संघको जेनेभास्थित चिनियाँ स्थायी कार्यालय तथा स्विटरल्याण्डस्थित अन्य अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि यु चेन ह्वाले हिजो जुलाई २ तारिख संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ३८औँ सम्मेलनमा असंलग्न आन्दोलन मुलुकहरु तथा रुस लगायत करिब १४० मुलुकको तर्फबाट "जनतालाई केन्द्रमा राखौं,मानव अधिकारलाई अघि बढाऔँ तथा त्यसको संरक्षण गरौँ"शीर्षकमा संयुक्त वक्तव्य प्रकाशित गर्नुभएको छ।

यु चेन ह्वाले हरेक मानिसको मानव अधिकार उपभोग गर्न पाउनु मानव समाजको साझा सपना हो भन्दै मानव अधिकारलाई अघि बढाउन तथा त्यसको संरक्षण गर्नका लागि जनतालाई केन्द्रमा राखी उत्कृष्ट जीवनप्रति जनताको सपनालाई सफल बनाउन आफ्नै लक्ष्य बनाउनुपर्ने कुरा बताउनुभयो।

चिनियाँ प्रतिनिधिको सम्बोधनले व्यापक विकासोन्मुख मुलुकहरुको ह्रृदयदेखिको इच्छा अभिव्यक्त गरी विभिन्न पक्षको सक्रिय प्रतिक्रिया जितेको छ।

जानकारी तथा लेखहरु