फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङमा "बेल्ट एण्ड रोड" कानुनी शासन सहकार्य अन्तर्राष्ट्रिय मञ्च सम्पन्न

(GMT+08:00) 2018-07-03 19:19:59
"बेल्ट एण्ड रोड" कानुनी शासन सहकार्य अन्तर्राष्ट्रिय मञ्च जुलाई दुइदेखि तीन तारिखसम्म पैचिङमा आयोजना भयो। "बेल्ट एण्ड रोड"का सम्बद्ध मुलुकका सरकारी पदाधिकारी, अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि, देशी र विदेशी विशेषज्ञ र विद्बानहरू तथा विभिन्न क्षेत्रका अन्य प्रतिनिधिहरू गरी तीन सय पचासभन्दा बढी मानिसहरू उक्त मञ्चमा सहभागी भएका छन्। चीनका उप परराष्ट्र मन्त्री खुङ स्युआन यौ र चीनको कानुन शास्त्र परिषद्का स्थायी उपाध्यक्ष छ्न ची फिङ मञ्चका संयुक्त अध्यक्ष हुनुहुन्छ। सम्मेलनको महत्वपूर्ण प्रतिफलको रुपमा रही मञ्चमा "बेल्ट एण्ड रोड" कानुनी शासन सहकार्य अन्तर्राष्ट्रिय मञ्चको संयुक्त अध्यक्ष बक्तव्य पनि जारी गरिएको छ।

उक्त मञ्च चीनले पहिलो पल्ट "बेल्ट एण्ड रोड" कानुनी शासन सहकार्य भन्ने विषय बमोजिम आयोजना गरेको उच्चस्तरीय मञ्च हो। सँगै मिलेर "बेल्ट एण्ड रोड"को निर्माण: नियम र समन्वय भन्ने सो मञ्चको मुख्य नारा रहेको छ।

जानकारी तथा लेखहरु