फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व सम्पदा सूचिमा फान चिङ पहाड

(GMT+08:00) 2018-07-03 19:21:07
हिजो जुलाई २ तारिख चीनको फान चिङ पहाड बहराइनको राजधानी मनामामा आयोजित बयालीसौं विश्व सम्पदा सूचि सम्मेलनमा लेखाजोखा पार भई विश्व सम्पदा सूचिमा राखिएको छ। जसबाट अहिलेसम्म चीनको विश्व सम्पदा सूचिमा रहेका स्थानको संख्या तेह्रवटा पुगेको छ। फान चिङ पहाड संचालन गर्ने स्थानीय सरकारले फान चिङ पहाडको व्यवस्थापन तथा संरक्षणलाई पूर्णता दिलाउने बताएको छ।

चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गत बनस्पति अनुसन्धानालयका अनुसन्धानकर्ता,चिनियाँ राष्ट्रिय बन तथा घाँसे मैदान व्यूरो अन्तर्गत विश्व सम्पदा समितिका उप-प्रमुख मा ख फिङका जानकारी अनुसार, फान चिङ पहाडको विशिष्ट भौगोलिक स्थिति रहेको कारण त्यसका जीव जन्तु तथा पर्यावरणको विविधता रहेका छन्।

फान चिङ पहाडमा चौंसट्ठी किसिमका बनस्पति तथा अठतीस किसिमका जनावरलाई प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय संघको रातो सूचि अर्थात लोपोन्मुख स्तरमा राखिएको छ।

जानकारी तथा लेखहरु