फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङतावोको सुव्यवस्थित ढङ्गबाट प्रचार-प्रसार गर्न सीको निर्देशन

(GMT+08:00) 2018-07-03 19:22:22
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले शाङ्गहाई सहयोग संगठनको छिङताउ शिखर सम्मेलन सफलताका साथ आयोजना गरिएको विषयबारे महत्वपूर्ण निर्देशन दिनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

उहाँले आफ्नो निर्देशनमा भन्नुभयो: शाङ्गहाई सहयोग संगठनको छिङताउ शिखर सम्मेलन निकै सफलताका साथ आयोजना गरियो। शान तुङ प्रान्त विशेषत: छिङ ताउ शहरले ज्यादै ठूलो योगदान गरेको छ। त्यो शिखर सम्मेलनबाट विश्वस्तरीय प्रतिबिम्बित गरिनुका साथै चीनको ढङ्ग, शान तुङको शैली र छिङ ताउको विशेषतालाई पनि देखाइएको छ।

राष्ट्राध्यक्ष सीले जोड दिँदै भन्नुभयो: शाङ्गहाई सहयोग संगठनको शिखर सम्मेलनको आयोजना गरिएकाले छिङ ताउ र समस्त शान तुङको विकासका लागि नयाँ अवसर आएको छ। राम्रो कारवाही र ढङ्गको प्रचार-प्रसार गर्नुका साथै विभिन्न कार्यलाई नयाँ स्तरमा पुर्‍‍याउने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु