फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ केन्द्रिय बैंकका गभर्नरद्वारा समुचित तथा सन्तुलित स्तरमा चिनियाँ युआनको विनिमय दरको आधारभूत स्थिरतालाई कायम राखिने कुरा व्यक्त

(GMT+08:00) 2018-07-04 16:47:35
चालू वर्षको जुन महिनाको मध्यदेखि अमेरिकी डलरप्रति चिनियाँ युआनको विनिमय दरमा स्पष्ट परिवर्तन देखिनुका साथै निरन्तर रुपमा घटेको छ। जुलाई ३ तारिख चिनियाँ केन्द्रिय बैंकका गभर्नर तथा उप-गभर्नरले समुचित तथा सन्तुलित स्तरमा चिनियाँ युआनको विनिमय दरको आधारभूत स्थिरतालाई कायम राख्ने विश्वास गरेका छन्। साथै गभर्नरको सम्बोधनले बजारलाई स्थिर पारेको छ र चिनियाँ युआनको विनिमय दर न्युनतम स्तरबाट ठूलो मात्रामा बढेको छ।

चालू वर्षदेखि हालसम्म अमेरिकी डलरप्रति चिनियाँ युआनको विनिमय दर बढेपछि जुन महिनाबाट तिब्र गतिले झरेको छ। जुन महिनामा अमेरिकी डलरप्रति चिनियाँ युआनको विनिमय दर ३.३ प्रतिशतले घट्यो। चिनियाँ युआन र अमेरिकी डलरको विनिमय दरको मध्य-विन्दु निरन्तर आठ कारोबार दिनसम्म घटेको थियो।

यस परिस्थितिमा चिनियाँ केन्द्रिय बैंक अर्थात चिनियाँ जन बैंकका गभर्नर यी काङले एउटा स्टोक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिनुभएको थियो। उहाँका अनुसार, हिजोआज चीनको विदेशी मुद्रा बजारमा केही परिवर्तन भएको छ। मुख्य गरी अमेरिकी डलरको भाउ बढेको तथा वाह्य संसारमा देखा परेको अनिश्चित कारकतत्वका कारणले यस्तो परिस्थिति उत्पन्न भएको हो। अहिले चीनको आर्थिक परिस्थितिको आधारभूत कारकतत्व राम्रो भएको तथा बैंकिंग सँकटलाई नियन्त्रण गर्नसकिनेछ। समुचित तथा सन्तुलित स्तरमा चिनियाँ युआनको विनिमय दरको आधारभूत स्थिरतालाई कायम राखिनेछ।

जानकारी तथा लेखहरु