फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुईवटा अन्तर्राष्ट्रिय संस्थाद्वारा आगामी दश वर्षमा विश्व कृषि क्षेत्रको अनुमान गर्दै सँयुक्त प्रतिवेदन सार्वजनिक

(GMT+08:00) 2018-07-04 16:48:35
आर्थिक सहयोग तथा विकास सँगठन तथा सँयुक्त राष्ट्र सँघीय अन्नबाली तथा कृषि सँगठनले जुलाई ३ तारिख पेरिसमा सँयुक्त रुपमा वार्षिक प्रतिवेदन सार्वजनिक गरी आगामी दश वर्षमा विश्वको कृषि क्षेत्रको अनुमान गरेका छन्।

"सन् २०१८ देखि २०२७ सम्म कृषि क्षेत्रको अनुमान" नामक यस प्रतिवेदन आर्थिक सहयोग तथा विकास सँगठन तथा सँयुक्त राष्ट्र सँघीय अन्नबाली तथा कृषि सँगठनले सँयुक्त रुपमा सम्पादन गरेका हुन्।

यस प्रतिवेदनका अनुसार, विश्वको अत्याधिक कृषि वस्तुको उत्पादनमा स्थिरताका साथ वृद्धि हुनेछ। आगामी दश वर्षमा विश्वमा कृषि वस्तुको बजारभाउ पनि न्युनतम स्तरमा रहनेछ। विश्वमा समष्टिगत रुपमा कृषि बस्तु तथा अन्नबालीको माँग मन्द गतिले बढे तापनि मध्य पूर्व क्षेत्र, उत्तरी अफ्रिका तथा साहारा मरुभूमिबाट दक्षिणतर्फ रहेका अफ्रिका तथा एशियाली मुलुकहरुले अरु बढी कृषि बस्तु तथा अन्नबालीको आयात गर्ने छन्।

सँयुक्त राष्ट्र सँघीय अन्नबाली तथा कृषि सँगठनका महानिर्देशक जोस गराजिआनो द सिल्भाले कृषिको दिगो विकासबारे चर्चा गर्दै उहाँले विश्वले स्वस्थ तथा पौष्टिक खाद्य पदार्थ उपलब्ध गराउनसक्ने अन्नबालीको प्रणाली चाहेको तथा वातावरण तथा जीव जन्तुको विविधताको सँरक्षण गर्नुपर्ने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु