फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुस तथा अमेरिकी विदेश मन्त्रीद्वारा दुई मुलुकका नेताहरु बीच गरिने भेटको तयारी कार्यबारे टेलिफोन वार्ता

(GMT+08:00) 2018-07-04 16:49:18
रुसको विदेश मन्त्रालयले हिजो जुलाई ३ तारिख जनाए अनुसार, रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले अमेरिकी विदेश मन्त्री माइक पोमपेओसँग टेलिफोन वार्ता गर्नुभएको छ। उहाँहरुले छिटै हुनलागेको रुस तथा अमेरिकाका नेताहरु बीचको भेटघाटको तयारी कार्य, द्वीपक्षीय सम्बन्धको भविष्य, सिरिया सँकट तथा कोरियाली प्रायद्वीपको परिस्थितिबारे पनि छलफल गर्नुभयो।

रुसको सञ्चार माध्यमका अनुसार, लाभरोभले हिजो मास्कोमा रुसको भ्रमणमा रहनुभएको अमेरिकी साँसदहरुको प्रतिनिधि मण्डलसँग पनि भेट गर्नुभएको छ। साथै दुवै पक्षले दुई मुलुकका नेताहरु बीच हुने भेटघाटको तयारी कार्यबारे छलफल गरे।

रुसको राष्ट्रपति प्रेस व्यूरो तथा अमेरिकी ह्वाइट हाउसले गत जुन २८ तारिखमा घोषणा गरे अनुसार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जुलाई १६ तारिख फिन्ल्याण्डको राजधानी हेल्सिनकीमा भेट-वार्ता गर्नुहुने कार्यक्रम छ।

जानकारी तथा लेखहरु