फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा 《छ्यौ श》पत्रिकाको साठीऔं वार्षिकोत्सवको अवसरमा बधाई संदेश

(GMT+08:00) 2018-07-04 16:50:08
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले चार तारिख पार्टी केन्द्रीय समितिको 《छ्यौ श》नामक मुख पत्रिका अर्थात् 《लाल झण्डा》पत्रिकाको साठीऔं वार्षिकोत्सवको अवसरमा बधाई संदेश पठाउँदै केन्द्रीय समितिको तर्फबाट पत्रिका एजेन्सीका सबै कर्मचारीलाई हार्दिक बधाई व्यक्त गर्नुका साथै शुभेच्छापूर्ण आशा पनि व्यक्त गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

आफ्नो संदेशमा राष्ट्राध्यक्ष सीले 《छ्यौ श》पत्रिका केन्द्रीय समितिले समस्त पार्टी र सारा देशका विभिन्न कार्यलाई निर्देशन दिने महत्वपूर्ण विचारधारा र धारणाको स्थल भएको औंल्याउनुभएको छ।

सबै कमरेडहरूलाई पार्टीको १९ औँ महाधिवेशनको भावनालाई गहन रुपमा व्यवहारमा उतारेर सही राजनीतिक धारणाको दिशालाई कायम राख्दै जान पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु