फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ बुल्गेरिया प्रस्थान

(GMT+08:00) 2018-07-05 15:42:42
बुल्गेरियाका प्रधानमन्त्री बोयको बोरिसोभ तथा जर्मन चान्सलर एंगेला मरकेलको निमन्त्रणामा बुल्गेरियाको औपचारिक भ्रमणका लागि चीनका प्रधानमन्त्री ली ख छ्याङ आज जुलाई ५ तारिख विहान विशेष विमानद्वारा पैचिङबाट प्रस्थान गर्नु भएको छ। बुल्गेरियाको भ्रमण साथै उहाँले चीन-मध्य तथा पूर्वी युरोपका मुलुकहरुका नेता बीचको सातौँ भेटघाटमा सहभागी हुनुहुने तथा जर्मनीको औपचारिक भ्रमण गर्नुहुने तथा चीन-जर्मनी सरकार बीचको पाँचौँ छलफलको अध्यक्षता गर्नुहुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ली ख छ्याङको साथमा उहाँकी श्रीमति छङ हुङ,राज्य परिषदका सदस्य एवं राज्य परिषदका सचिव श्याउ चे,जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका उपाध्यक्ष एवं राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख ह ली फङ रहनु भएको छ।

जानकारी तथा लेखहरु