फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको "बाहिरिने" कार्यले सम्झौता भावनामा असर

(GMT+08:00) 2018-07-05 15:43:53
गत वर्षदेखि अमेरिका धेरै अन्तर्राष्ट्रिय सम्झौता तथा बहुपक्षीय सहयोग व्यवस्थाबाट निरन्तर बाहिरिँदै आएको छ। हिजोआज कतिपय अमेरिकी सञ्चार माध्यमहरुले रिपोर्ट गर्दै ट्रम्प सरकारले विश्व व्यापार संगठनको नियम नहेरी तथा अमेरिकी काँग्रेसको अनुमतिबिना अरु देशलाई थप भन्सार कर उठाउने छूट दिने मस्यौदा-पत्र ह्वाइट हाउसले तर्जुमा गरिसकेको जनाएका छन्। जसबाट वाह्य क्षेत्रले विश्व व्यापार संगठनबाट अमेरिका हट्नसक्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय मामिलाको अनुसन्धान गर्ने धेरै चिनियाँ विशेषज्ञहरुले अमेरिकाका अनेकन "बाहिरिने" कार्यले त्यसले प्रस्तावित सम्झौता भावनामाथि गम्भिरताका साथ उल्लंघन गरेको विचार व्यक्त गर्नुभएको छ।

गएको साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाप्रति विश्व व्यापार संगठनका कार्य अन्यायपूर्ण रहेको दाबी गर्नुभयो। यसका साथै चीन सरकारले पहिलो पटक गरी"चीन तथा विश्व व्यापार संगठन"नामक श्वेत-पत्र जनाएको छ। सो श्वेत-पत्रमा विश्व व्यापार संगठनमा संलग्न भएको बेलामा वचनवद्धताको चीनले के कसरी पालना गरेको कुराबारे चौतर्फी रुपमा जानकारी दिइएको छ। चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत विश्व आर्थिक तथा राजनीतिक व्यूरोको अन्तर्राष्ट्रिय व्यापार अनुसन्धानालयकी प्रमुख रन तुङ यानले अन्तर्राष्ट्रिय व्यापार सहयोग रणनीतिमा चीन र अमेरिकाको विभिन्न गतिबिधिले अन्तर्राष्ट्रिय जिम्मेवारी वहन गर्ने दुई देशको फरक धारणा रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु