फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय दुई सयजना युवा चीन भ्रमणमा

(GMT+08:00) 2018-07-05 15:45:35
अखिल चीन युवा संघको निमन्त्रणामा भारतीय युवा प्रतिनिधि मण्डलका लगभग दुई सयजनाले जुलाई तीनदेखि दश तारिखसम्म चीनको भ्रमण गर्दैछ। चीन-भारत संयुक्त बक्तव्य र दुवै देशका नेता बीच ऊ हान अनौपचारिक भेटघाटको भावनालाई व्यवहारमा उतार्ने, अखिल चीन युवा संघ तथा भारतीय युवा खेलकुद मन्त्रालय बीचको पारस्परिक भ्रमण व्यवस्थालाई सुदृ्ढ पार्ने र दुवै देशका युवाहरू बीचको आदान-प्रदान, समझदारी र मित्रतालाई अघि बढाउने यस भ्रमणको मुख्य उद्देश्य रहेको छ।

ती दुई सयजना युवा दलले गत तीन तारिख पैचिङ आइपुगेर गत तीन र चार तारिखमा क्रमशः कु कोङ दरबार र राष्ट्रिय संग्रहालयमा भइरहेको पुन:रुत्थानको बाटो शीर्षकको प्रदर्शनी अवलोकन गरेको छ।

केही युवा प्रतिनिधिहरूले पाँच तारिख बिहान बाइक सेयरिङ ओफो कम्पनीको अवलोकन गर्दै चीनको सार्वजनिक साइकलको सञ्चालन अवस्था र विदेशी कारोबार चलाउने अवस्थाबारे जानकारी लिएर चीनको सार्वजनिक साइकलको प्रशंसा पनि गरेका छन्।

जानकारी तथा लेखहरु