फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कर थपेर दबाव दिने अमेरिकी व्यापारिक आधिपत्य नीति युग विपरीत

(GMT+08:00) 2018-07-05 16:39:28
चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले आज जुलाई पाँच तारिख पैचिङमा अमेरिकी कर थपेर दबाव दिने व्यापारिक आधिपत्य नीति युग विपरीत भएको कुरा औँल्याउनुभएको छ। यदि अमेरिकाले कर थप्ने कदम लागू गरेमा चीनले बाध्य भएर प्रतिकार गरेर देशको केन्द्रीय हित र जनताको हित संरक्षण गर्ने पनि बताउनुभएको छ।

विभिन्न मुलुकहरूले संयुक्त रुपमा कारवाही चालेर दृढताका साथ व्यापारिक संरक्षणवाद र एकपक्षीयतावादको विरोध गर्नुका साथै विश्वका नागरिकको साझा हितको संरक्षण गर्न पनि प्रवक्ता काउले आह्वान गर्नुभएको छ।

चीन-अमेरिका आर्थिक-व्यापारिक सम्बन्धले विश्वको आपूर्ति लाइनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। त्यसकारण अमेरिकाले कर थप्ने कदमले चिनियाँ व्यवसायलाई नकारात्मक प्रभाव पारेको मात्र नभई चीनमा रहेका विदेशी पूँजीबाट सञ्चालित व्यवसायहरूलाई पनि निकै ठूलो प्रभाव पार्नेछ।

जानकारी तथा लेखहरु