फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ स्मार्ट उच्च गतिको रेलको अनुभव विश्वलाई बाँड्न चीन इच्छुक

(GMT+08:00) 2018-07-05 16:40:57
चीनको रेलमार्गले स्मार्ट निर्माण, स्मार्ट प्रबन्ध, स्मार्ट सञ्चालन, स्मार्ट मर्मत र संरक्षण तथा स्मार्ट सेवा आदि पक्षमा जोडतोडसँग प्राविधिक र व्वस्थापनको सिर्जनशीलतालाई अघि बढाउनुका साथै स्मार्ट स्तरलाई उकासेर जनताका लागि अझ बढी उपभोग्य, सुख र सुरक्षाको अनुभव सिर्जना गर्नेछ। साथै विश्वका रेलमार्गका सहकर्मीहरूसँगै विकासको प्रतिफलको उपभोग गर्न र विश्व उच्च गतिको रेलमार्गको निर्माण तथा विकासका लागि चिनियाँ योजना प्रस्तुत गर्न चीन इच्छुक रहेको छ। आज जुलाई पाँच तारिख पैचिङमा आयोजित स्मार्ट उच्च गतिको रेलको विकास अर्थात् पैचिङ थेन चिन उच्च अन्तरशहर रेलमार्ग सञ्चालनमा आएको दशौं वार्षिकोत्सव मञ्चलाई सम्बोधन गर्दै चिनियाँ रेलमार्ग कम्पनीका प्रमुख मेनेजर लु तुङ फुले उक्त कुरा बताउनुभएको छ।

बितेका केही वर्षयता चीनको उच्च गतिको रेल विकासको समष्टिगत प्राविधिक स्तरले विश्वको अघिल्लो पङ्क्तिमा प्रवेश गरेको छ भने केही प्रविधि विश्वको अग्र स्थानमा पुगेको देखिन्छ।

जानकारी तथा लेखहरु