फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिमकोट र हिल्लामा अलपत्र तीर्थयात्री नेपालगन्ज ल्याइए

(GMT+08:00) 2018-07-06 15:31:34

खराब मौसमका कारण चीनको स्वायत्त प्रदेश तिब्बतको मानसरोबरबाट फर्किएर अलपत्र परेका भारतीय तीर्थयात्रीलाई सिमकोट र हिल्साबाट नेपालगन्ज उद्दार गरिएको छ। भारतीय दूतावासको समन्वयमा नेपाली सेना र श्री एयरको एमआई १७ हेलिकप्टरले उनीहरूलाई ओसारेका कान्तिपुर अनलाइनले लेखेको छ।

बिहीबार अन्य हवाईजहाजले २५ फ्लाइटसम्म गरे। सबै गरेर बिहीबार मात्रै ३ सय ७० यात्री नेपालगन्ज झरेको स्थानीय समन्वयकर्ता जनक शाहीले बताए। उनका अनुसार हिल्सामा रोकिएका यात्रीलाई भने हेलिकप्टरमार्फत सिमकोट ल्याइएको छ। हेलिकप्टरले दिनभर ५६ वटा उडानमार्फत यात्रुलाई सिमकोट पुर्‍याइएको थियो।

पर्यटन व्यवसायी रिन्जिन लामाका अनुसार विगत वर्षमा ट्राभल एजेन्सीले आवश्यकताअनुसार नेपाली गाइड र कुक पठाउने गर्थे। यो वर्षदेखि भने चीनले नियन्त्रण गरेको छ। आठजनाका लागि एकजनामात्र नेपाली गाइड जान पाउँछन्। खानाका लागि छुट्टाछुट्टै मेस बनाउन पाइँदैन। सामूहिक मेसमा खानुपर्छ। 'यसले तीर्थयात्रीलाई निकै सास्ती भएको छ, रुचिअनुसारको खाना खानसमेत पाउँदैनन्,' लामाले भन्नुभयो, 'चीन सरकारको नयाँ नियमले तीर्थयात्रीलाई दु:ख भएको छ।'

विगतमा नेपाली कुक र गाइड हुँदा भाषा र रहनसहनका कारण सहज हुने गरेको एक तीर्थयात्रीले बताए। कैलाश परिक्रमा गर्दासमेत उनीहरूले अपेक्षित सहयोग पाउँदैनन्। यो वर्ष लेक लागेर र अन्य कारणले आठ तीर्थयात्रीको मृत्यु भइसकेको छ। भारतीय तीर्थयात्री मध्यवैशाखदेखि असोजसम्म कैलाश यात्रा गर्छन्। २०७२ को भूकम्पछि तीर्थयात्रीले हुम्ला भएर हिल्साको नाका प्रयोग बढाएका छन्।

जानकारी तथा लेखहरु