फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"आर्थिक आक्रमण"अमेरिकाले बनाएको नयाँ "चीन खतरा सिद्धान्त"

(GMT+08:00) 2018-07-06 18:20:59
चीन र अमेरिका बीचको व्यापारिक द्वन्द्व बढ्दै गएको छ। तीन महिनाभन्दा लामो समयदेखि अमेरिकाले बारम्बार रुपमा अमेरिकाबाट आयातित अर्बौं अथवा खर्बौं अमेरिकी डलर बराबर चिनियाँ मालसामानहरुमाथि थप भन्सार कर लगाउने त्रास-धम्की दिँदै आएको छ। निराधार भएका ती अनेकन कदमहरुको थालनी अमेरिका सरकारको वाहियात अवधारणा "आर्थिक आक्रमण"हो।

अमेरिकी राष्ट्रिय व्यापार समितिका प्रमुख नावालोले हालै "चीनको आर्थिक आक्रमणद्वारा अमेरिका तथा विश्वका प्रबिधि र बौद्धिक सम्पदा अधिकारलाई त्रास-धम्की ल्याएको"प्रतिबेदन प्रकाशित गरी "आर्थिक आक्रमण"को टोपी चीनको टाउकोमा राख्न खोज्नु भएको थियो। गत मार्च महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई लक्षित गरिएको राष्ट्रपतीय स्मृति-पत्रमा सही गर्दा चीनको "आर्थिक आक्रमण गतिबिधि" लाई लक्षित गरेको भन्दै दाबी गर्नुभयो।

यदि अमेरिकाले आरोप लगाएको "आर्थिक आक्रमण गतिबिधि"को मापदण्डको हिसाब गर्दा अमेरिकाले विश्वका अत्यधिक मुलुकहरुमाथि आर्थिक आक्रमण गरिसकेको छ। आफ्नो प्रभुत्ववादको संरक्षण गर्न तथा अमेरिकालाई प्राथमिकतामा दिनका लागि ह्वाइट हाउसले विश्वका धेरै मुलुकहरुमाथि आर्थिक हमला गरेको छ। आफ्ना संगाति मुलुकहरु होस् वा प्रतिस्पर्धात्मक मुलुक होस् अमेरिकाले त्यसमाथि प्रहार गरेको छ। चीनले अरु देशसँगको सहयोगको उद्देश्य संयुक्त विजय प्राप्त गर्नु हो, धेरै मुलुकहरुले यस कुराप्रति महसूस गरेका छन्।

जानकारी तथा लेखहरु