फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सी चिन फिङ-चीनको शासन व्यवस्था"को पहिलो भाग चिनियाँ तथा अँग्रेजी संस्करण इ-किताब अनलाइनमा

(GMT+08:00) 2018-07-06 18:23:23
अन्तर्राष्ट्रिय समुदायलाई सी चिन फिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचार चौतर्फी तथा गहन रुपमा जानकारी दिनका लागि विदेशी भाषा प्रकाशन कम्पनीद्वारा प्रकाशित "सी चिन फिङ-चीनको शासन व्यवस्था"को पहिलो भागको चिनियाँ तथा अँग्रेजी संस्करणको इ-किताब आज जुलाई ६ तारिखदेखि अमेजन, ओभरड्राइभ सिएनपिइ रिडिङ तथा आइरिडर चारवटा डिजिटल कारोबार चौतारोमा अनलाइनमा राखिएको छ।

सन् २०१४ को सेप्टेम्बरमा प्रकाशित "सी चिन फिङ-चीनको शासन व्यवस्था" सन् २०१८ को जनवरीमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार-प्रसार विभागले अरु सम्बन्धित संस्थासँगै मिलेर पुन:सम्पादन गरी प्रकाशन गरेको छ।

"सी चिन फिङ-चीनको शासन व्यवस्था"को पहिलो भागको चिनियाँ तथा अँग्रेजी संस्करणको इ-किताब कागजी किताबको विषय एउटै हो। यस पटक इ-किताब अनलाइनमा राखेपछि विश्वको इन्टरनेट प्रयोगकर्तालाई ढाकिएको छ। जसबाट अन्तर्राष्ट्रिय समुदायले अरु छिटो तथा सुविधाजनक रुपमा सी चिन फिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारबारे जानकारी लिन सक्नेछन्।

जानकारी तथा लेखहरु