फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जवाफी कारवाही स्वरुप चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर लगाइयो

(GMT+08:00) 2018-07-06 18:24:18
अखिल चीन भन्सार कार्यालयका जिम्मेवार व्यक्तिका अनुसार, चीनले अमेरिकाबाट आयात गर्ने केही मालसामानहरुमाथि थप भन्सार कर लगाउने कदम आज जुलाई ६ तारिख मध्यान्ह बाह्र बजेर एक मिनेटमा चाल्न थालेको छ।

अमेरिकाले स्थानीय समय जुलाई ६ तारिख विहान सबेरै सुन्ना बजेर एक मिनेट अर्थात पैचिङ समय बाह्र बजेर एक मिनेटमा पहिलो सूचिमा भएका चौँतीस अर्ब अमेरिकी डलर बराबरको चिनियाँ मालसामानहरुमाथि पचीस प्रतिशत थप भन्सार कर लगाएको छ। त्यसको प्रतिकारका लागि चीनले एउटै समयमा समान परिमाणको अमेरिकी मालसामानहरुमाथि पचीस प्रतिशत थप भन्सार कर लगाएको हो।

जानकारी तथा लेखहरु