फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका सम्भवत: बिशाल बदमाशी मुलुक बन्ने अमेरिकी थिङ्कट्याङ्कको भनाइ

(GMT+08:00) 2018-07-06 18:25:04
अमेरिकी जनमत संग्रह रास्मुसेन रिपोर्टले हालै सार्वजनिक गरेको एउटा सर्वेक्षण अनुसार, झण्डै एक तिहाइ सर्वसाधारणले अमेरिकामा सम्भवत: आगामी पाँच वर्षभित्र दोस्रो गृह युद्ध उत्पन्न हुने ठहर गरेका छन्। उता अमेरिकाको गरिबी र असमानता सम्बन्धी संयुक्त राष्ट्र संघको एउटा प्रतिवेदनमा ट्रम्प सरकारको पन्ध्र खर्ब अमेरिकी डलरको कर कटौती नीतिबाट ठूलो परिधिमा धनी मान्छेका लागि फाइदा पुग्नुका साथै अमेरिकाभित्र गरिब तथा धनी बीचको असन्तुलजलाई चर्काएको जनाएको छ।

वास्तवमा ट्रम्प सरकारको वैदेशिक नीति विश्वले आलोचना गरेको मुख्य विषय नै रहेको छ। अमेरिकी ब्रुकिङस इन्स्टिड्युटका उच्च अनुसन्धानकर्ता रोबर्ट कागनले हाल एउटा लेख प्रकाशित गर्दै अमेरिका सम्भवत: बिशाल बदमाशी मुलुक बन्ने चेतावनी पनि दिनुभएको छ।

अमेरिकाले सधैँ नै विश्व प्रहरीको नाउँमा जथाभावी रुपमा अरु देशमाथि बदमाशी मुलुकको पहिचान बनाउने गर्दछ। विगत एक वर्षयता त्यसको बदमाशी कारवाहीले अमेरिकाभित्रका अधिकांश गण्यमान्य व्यक्ति र समस्त अन्तर्राष्ट्रिय समाजको गहिरो चिन्ता अगाडि ल्याएको छ।

जानकारी तथा लेखहरु